०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

चार्डपर्वलाई मध्यनजर गर्दै दुधरास सहकारीले बाढ्याे मास्क र सेनिटाईजर वितरण

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

कपिल लामिछाने
दुधरास बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमकाे आयाेजना गरि दुधरास र यसका आसपासका क्षेत्रका मानीसहरुलाई गुणस्तरिय मास्क र सेनिटाईजर वितरण गरेकाे छ ।
बिश्वब्यापी रुपमा फैलिरहेकाे काेराेना भाईरस(काेभिड१९) का अहिले दाङमा पनि काेभिड१९ का बिरामीहरु धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुकाे संख्या बढेकाे कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण गरेकाे हाे ।
बाटाेमा हिडेका मानीसहरु,हिडेका अटाेहरु, र गुडेका गाडीहरुका चालक र सह-चालकहरुले मास्क लगाए नलगाएकाे हेर्दै उनिहरुलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएकाे हाे ।
उक्त मास्क बितरण कार्यक्रममा बाेल्दै सहकारीका अध्यक्ष केशबराज रिजालले काेराेनाकाे महामारीकाे बेलामा सहकारीहरुले यस्तै गरि जनताहरुकाे सुरक्षाका लागी लागी स्वास्थ्य मापदण्डहरु मास्क,सेनिटाईजर आदी वितरण गर्न सकियाे भने काेराेनाका बिरामीहरु कम हुने कुरा उल्लेख गर्नुभयाे साथै उहाँले यस महामारीबाट बच्चका लागी सरकारकाे मात्रै मुख नताकी निजि संघ संस्थाहरुले पनि ध्यान दिन सकियाे भने यस महामारीलाई कम गर्न सकिने बताउनुभयाे । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले स्थानीय सरकारले यस महामारीबाट जनताहरुलाई बचाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएकाे र बिजया दशमीलाई मध्येनजर गर्दै घरमा नै बस्न,भिडभाड नगर्न र नियमित रुपमा साबुन पानीले हात धाेई नियमित मास्ककाे प्रयाेग गर्न सम्पुर्ण टाेल बिकास संस्था मार्फत जानकारी गराउदै आबश्यक समन्वय गर्दै आएकाे बताउनुभयाे । कार्यक्रममा बेलझुण्डी प्रहरी पाेष्टका ईन्चार्ज बलिराज शाहीलाई एक थान मास्क र सेनिटाईजर वितरण समेत गरिएकाे थियाे । उक्त मास्क बितरण कार्यक्रममा करिव १ सय जनालाई मास्क र सेनिटाईजर वितरण गरिएकाे थियाे । साथै उक्त कार्यक्रममा आउदै गरेकाे नेपालीहरुकाे महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छट पर्वकाे अवसरमा सम्पुर्ण सेयर सदस्य लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।
दुधरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबराज रिजालकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रम संस्थाका कार्यसमिति सदस्य बिष्णु प्रसाद खुलालकाे स्वागत मन्तब्यबाट सुरु भएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव प्रमाेद प्रसाद घिमिरेले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको केन्द्रिय कार्यालय मुख्यालयमा भेटघाटमा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ । अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् । भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका […]

काठमाडौं । न्यूयोर्क संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । विशेषगरी महिला र बालबालिकाहरू तीव्र भोकमरीको शिकार भइरहेका छन्, जसका कारण हरेक दिन मानिसहरूको मृत्यु भइरहेका घटनाहरू बढ्दै गएका छन् । संघको मानवीय मामिलाका लागि समन्वय कार्यालय ९ओसीएचए० ले सार्वजनिक गरेको प्रतिवेदनमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो। इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता […]

error: Content is protected !!