२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

लकडाउनमा पनि रोकिएन सुन तस्करी

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७


काठमाडौं सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।
लडकडाउनकै बीच चैतयता समेत विभिन्न स्थानबाट सुन बरामद भएको छ । अहिले पनि नेपाल-भारत र चीन-नेपाल सीमा नाकाबाट सहजै आउजाउको स्थिति छैन तर तस्करहरु कसरी सुन बोकेर आउजाउ गर्छन् भन्ने प्रश्न उठेको छ । पक्राउ परेका भरियामाथि गहिराइमा पुगेर अनुसन्धान गर्न नसक्दा ओसापसार नियन्त्रणमा आउन सकेको छैन ।
राजधानीकै थुप्रै नाम चलेका सुन व्यापारी तस्करको र्याकेट चलाउनेमा चिनिएका थिए । सहसचिव ईश्वरराज पौडेलको समितिले त केही उच्च घरानियाँ सुन व्यापारी र व्यवसायीमाथि छानबिन गर्न प्रस्ताव गरे पनि राजनीतिक दबाबले त्यो अघि बढ्न सकेन। कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!