२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

जो जहाँ छ त्यहीँ ठाउँमा चाडपर्व मनाउन दाङ प्रशासनको अपिल

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा
दाङ कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिए सँगै भिडभाड हुन सक्ने भन्दै भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गर्नु भएको छ।
उहाँले जारी गरेको सूचनामा भनिएको छ ‘अति आबश्यक नपरेमा घरबाट बाहिर ननिस्कन, शक्ति पीठ तथा मठमन्दिरमा दर्शन गर्न नजान, देउसी भैलो नखेल्न नखेलाउन, स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’ साथै प्रमुख जिल्ला अधिकारी आचार्यले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छट लगायत चाडपर्वको उपलक्षमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!