०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

जो जहाँ छ त्यहीँ ठाउँमा चाडपर्व मनाउन दाङ प्रशासनको अपिल

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

सागर थापा
दाङ कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिए सँगै भिडभाड हुन सक्ने भन्दै भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गर्नु भएको छ।
उहाँले जारी गरेको सूचनामा भनिएको छ ‘अति आबश्यक नपरेमा घरबाट बाहिर ननिस्कन, शक्ति पीठ तथा मठमन्दिरमा दर्शन गर्न नजान, देउसी भैलो नखेल्न नखेलाउन, स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’ साथै प्रमुख जिल्ला अधिकारी आचार्यले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छट लगायत चाडपर्वको उपलक्षमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!