०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

नवरार्तीको फुलपाती भित्र्याइँदै

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

ABC Sanchar
काठमाडौँ नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ ।
हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भिœयाउने तय भएको नेपाली सेनाको शार्दुलजङ््ग गुल्मपति विकास शाक्यले जानकारी दिनुभयो ।
कोरोनाबाट बचाउ गर्दै थोरै कर्मचारी यो समारोहमा सहभागी हुँदैछन् । अमालकोट कचहरी कार्यालयको तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ । यसैबीच योपल्ट वर्षको एक दिन महानवमीका दिन सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तुलजा भवानी यसपालि कोरोनाकै कारण खुल्ने छैन । भवानीका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार तुलजामा यो दिन साबिक पूजा भने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!