२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवरार्तीको फुलपाती भित्र्याइँदै

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

ABC Sanchar
काठमाडौँ नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ ।
हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भिœयाउने तय भएको नेपाली सेनाको शार्दुलजङ््ग गुल्मपति विकास शाक्यले जानकारी दिनुभयो ।
कोरोनाबाट बचाउ गर्दै थोरै कर्मचारी यो समारोहमा सहभागी हुँदैछन् । अमालकोट कचहरी कार्यालयको तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ । यसैबीच योपल्ट वर्षको एक दिन महानवमीका दिन सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तुलजा भवानी यसपालि कोरोनाकै कारण खुल्ने छैन । भवानीका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार तुलजामा यो दिन साबिक पूजा भने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।