२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोइलाबाँस सशस्त्र प्रहरीले नाका क्षेत्रबाट घरेलुु हतियार पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

(ABC क्राईमबिट) दाङ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार पक्राउ गरेको छ ।
कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस बजे तिर बेवारिसे अवस्थामा भरुवा बन्दुक एक थान, एक्काईस राउन्ड छरा गोलि, बारुद दुई डिब्बा, केप तीन वटा, खुकुरी र चक्कु एक रएक थान बरामद गरेको हो ।
हामी पैदल गस्तिमा थियौ, जङ्गलको बाटो केही आवाज आए जस्तो सुनेर हामीले यता उता हेर्न लाग्यौ त्यही बेला ती हतियार भेटियो उनले भने । उक्त हतियार लिएको मानिस प्रहरीलाई देखेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक ढुङेलले बताए ।
चाडवाडको बेला कुनै आपराधिक घटना घटाउने उदेश्यले पनि ती घरेलुु हतियार प्रयोग हुन सक्थ्यो, तर सिमा क्षेत्रमा हामीले कडा निगरानी गराएका छौ प्रहरी निरीक्षक ढुङेलले बताए ।
बरामद भएका ती घरेलुु हतियार ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा घरेलुु हतियार फेला परेको भन्ने सुचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट कोइलाबास पुगेका छन ।
ती हतियारको बारेमा जिल्लामा जानकारी गराईएको छ, सिमा नाका भएका कारण कुनै आपराधिक क्रियाकलाप घटना घट्न सक्छन त्यसैले पनि प्रहरीको निगरानी बढाउन आवस्यक छ प्रहरी निरीक्षक भट्टले भने । अब ती हतियारका बारेमा अनुशन्धान गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!