०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

कोइलाबाँस सशस्त्र प्रहरीले नाका क्षेत्रबाट घरेलुु हतियार पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

(ABC क्राईमबिट) दाङ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी प्रमुख प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार पक्राउ गरेको छ ।
कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस बजे तिर बेवारिसे अवस्थामा भरुवा बन्दुक एक थान, एक्काईस राउन्ड छरा गोलि, बारुद दुई डिब्बा, केप तीन वटा, खुकुरी र चक्कु एक रएक थान बरामद गरेको हो ।
हामी पैदल गस्तिमा थियौ, जङ्गलको बाटो केही आवाज आए जस्तो सुनेर हामीले यता उता हेर्न लाग्यौ त्यही बेला ती हतियार भेटियो उनले भने । उक्त हतियार लिएको मानिस प्रहरीलाई देखेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक ढुङेलले बताए ।
चाडवाडको बेला कुनै आपराधिक घटना घटाउने उदेश्यले पनि ती घरेलुु हतियार प्रयोग हुन सक्थ्यो, तर सिमा क्षेत्रमा हामीले कडा निगरानी गराएका छौ प्रहरी निरीक्षक ढुङेलले बताए ।
बरामद भएका ती घरेलुु हतियार ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा घरेलुु हतियार फेला परेको भन्ने सुचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट कोइलाबास पुगेका छन ।
ती हतियारको बारेमा जिल्लामा जानकारी गराईएको छ, सिमा नाका भएका कारण कुनै आपराधिक क्रियाकलाप घटना घट्न सक्छन त्यसैले पनि प्रहरीको निगरानी बढाउन आवस्यक छ प्रहरी निरीक्षक भट्टले भने । अब ती हतियारका बारेमा अनुशन्धान गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका […]

काठमाडौं । नेकपा एमालेको तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले महाधिवेशनस्थल भृकुटीमण्डपमै नेता कार्यकर्तासँग खुसीयाली मनाएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी १ हजार ६६३ मतका साथ विजयी भएका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

error: Content is protected !!