१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीमालाई कोरोना संक्रम

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

ABC Sanchar                                             काठमाडौँ पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बाबुरामले ट्वीटरमार्फत् दुवैजनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन आग्रह गर्दै बाबुरामले आफूहरू चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा बसेको बताएका छन्।
‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्ट भएको छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो। चिकित्सकको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

error: Content is protected !!