२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

राष्ट्रिय सभा सदस्य पासवानलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

ABC Sanchar
सर्लाहीएक्कसि बिरामी पर्नुभएका सर्लाही निवासी राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत शनिवार अपरान्ह काठमाडौं लगिएको छ ।
शनिवार बिहान अचानक प्यारालाईसिसले च्यापेपछि उहाँलाई नवलपुरस्थित मोडेल अस्पताल पु¥याइएको थियो । त्यहाँबाट दिउँसो स्वाभिमान अस्पताल हरिवन पु¥याइएका पासवानको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अपरान्ह हेलिकप्टरको व्यवस्था गरी थप उपचारका लागि बयोधा अस्पताल काठमाण्डौं पठाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार पासवानको देबे्र हातसहित केही भाग चलेका छैनन् । पासवानलाई भेट्न केही दिनदेखि गृह जिल्लामै रहनु भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायत नेकपाका नेता कार्यकर्ताहरु स्वाभिमान अस्पताल पुग्नु भएको थियो । राष्ट्रिय सभा सदस्य पासवान लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीका स्थायी वासिन्दा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!