०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

राष्ट्रिय सभा सदस्य पासवानलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

ABC Sanchar
सर्लाहीएक्कसि बिरामी पर्नुभएका सर्लाही निवासी राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानलाई थप उपचारका लागि हेलिकप्टरमार्फत शनिवार अपरान्ह काठमाडौं लगिएको छ ।
शनिवार बिहान अचानक प्यारालाईसिसले च्यापेपछि उहाँलाई नवलपुरस्थित मोडेल अस्पताल पु¥याइएको थियो । त्यहाँबाट दिउँसो स्वाभिमान अस्पताल हरिवन पु¥याइएका पासवानको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अपरान्ह हेलिकप्टरको व्यवस्था गरी थप उपचारका लागि बयोधा अस्पताल काठमाण्डौं पठाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार पासवानको देबे्र हातसहित केही भाग चलेका छैनन् । पासवानलाई भेट्न केही दिनदेखि गृह जिल्लामै रहनु भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायत नेकपाका नेता कार्यकर्ताहरु स्वाभिमान अस्पताल पुग्नु भएको थियो । राष्ट्रिय सभा सदस्य पासवान लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीका स्थायी वासिन्दा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!