२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दशै मान्न २ लाख संख्या उपत्यकाबाट बाहिरिए

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

ABC Sanchar
काठमाडौं कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ ।
बिगतका वर्षमा दसैं २० देखि २२ लाख काठमाण्डौबाट बाहिरिने गरेकोमा यसपालि थोरै मान्छेले उपत्यका छाडेको यातायात व्यवसायीको भनाई छ ।
निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका कारण यसपालिको दशैँमा ३० देखि ३५ प्रतिशत मात्रै गाडी चलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले यात्रु नभएकाले सबै सवारी साधन चलाउन नसकिएको जानकारी दिए ।
यो पनि पढ्नुहोस
कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु
आइतबार बिहानसम्ममा दुई लाख यात्रुले उपत्यका छाडेको सिटौलाको भनाई छ । गएको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै २० हजार नौ सय ८२ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यो अवधिमा आठ हजार चार सय ९४ यात्रु भने काठमाण्डौ भित्रिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]