१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दशैंको टिका साइत कति बजे छ ?

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

काठमाडौं दशैँको मुख्य दिन अर्थात आज टिका मान्यजनको हातबाट टिका र जमरा ग्रहण गर्ने दिन । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०: ११ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम छ ।
“आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ, आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भूटान, बर्मालगायत देश पर्छन्, यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ”,उनले भने ।
विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा नरहेको समितिको निर्णय छ । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ ।
टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।
कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलि पूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।
चान्द्रमासअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु हुँदैछ । मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!