१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सुत्केरी महिलाले एम्बुलेन्स नपाएपछि पछी तुलसीपुर अस्पतालमा छट्पटिदै

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

तेज वली
तुलसीपुर एम्बुलेन्स नपाइएपछि सुत्केरी हुन राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगेकी घोराहीकी एक महिला घन्टौदेखि छटपटीमा हुनुहुन्छ । सुरक्षीत सुत्केरीका लागि अस्पताल पुग्नु भएकी घोराही उपमहानगरपालिका–१२ हापुर बगिया निबासी २४ बर्षकी विपना चौधरी एम्बुलेन्स नपाएपछि छटपटीदै अस्पतालमै हुनुहुन्छ ।
राप्ती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुति रोग विषशज्ञ डा. सुवाश लामीछानेले महिलाको प्रेसर हाई भएकाले सुत्केरी गराउँदा झड्का हान्न सक्ने भन्दै आईसीयु सेवा नभएकाले नेपालगंज रिफर गर्नुभएको थियो । बिहान ७ बजे रिफर गरेपनि नेपालगंज लैजाने एम्बुलेन्स नभएका कारण अस्पतालमै बस्नु परेको विपनाका ससुरा रामजी चौधरीले बताउनु भयो । अघि पछि बिरामी कुरेर अस्पतालको प्राङ्गन अघि पार्कीङ गरेर राखेका एम्बुलेन्सका चालक दशै मान्न घरतिर लागेपछि यस्तो समस्या आएको हुनसक्ने अस्पतालले बताएको छ । अधिकांस चालकको फोन सूइच अफ छ भने कसैको फोन उठेपनि नआउने बताउने गरेको चौधरीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

error: Content is protected !!