२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

सुत्केरी महिलाले एम्बुलेन्स नपाएपछि पछी तुलसीपुर अस्पतालमा छट्पटिदै

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

तेज वली
तुलसीपुर एम्बुलेन्स नपाइएपछि सुत्केरी हुन राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगेकी घोराहीकी एक महिला घन्टौदेखि छटपटीमा हुनुहुन्छ । सुरक्षीत सुत्केरीका लागि अस्पताल पुग्नु भएकी घोराही उपमहानगरपालिका–१२ हापुर बगिया निबासी २४ बर्षकी विपना चौधरी एम्बुलेन्स नपाएपछि छटपटीदै अस्पतालमै हुनुहुन्छ ।
राप्ती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुति रोग विषशज्ञ डा. सुवाश लामीछानेले महिलाको प्रेसर हाई भएकाले सुत्केरी गराउँदा झड्का हान्न सक्ने भन्दै आईसीयु सेवा नभएकाले नेपालगंज रिफर गर्नुभएको थियो । बिहान ७ बजे रिफर गरेपनि नेपालगंज लैजाने एम्बुलेन्स नभएका कारण अस्पतालमै बस्नु परेको विपनाका ससुरा रामजी चौधरीले बताउनु भयो । अघि पछि बिरामी कुरेर अस्पतालको प्राङ्गन अघि पार्कीङ गरेर राखेका एम्बुलेन्सका चालक दशै मान्न घरतिर लागेपछि यस्तो समस्या आएको हुनसक्ने अस्पतालले बताएको छ । अधिकांस चालकको फोन सूइच अफ छ भने कसैको फोन उठेपनि नआउने बताउने गरेको चौधरीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङ नेपाल पत्रकार महाससंघ लुम्बिनी प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यममाथि दिएको अमर्यादित र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन जोडदार माग गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ती जारी गरेर रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा आगामी कार्तिक १७ गते हुने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका १४, उधौपुरवामा ठूलो मात्रामा लागुऔषध, नगद रकम र सुन–चाँदीका गहना बरामद गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्जको संयुक्त टोलीले मंगलबार साँझ ८ बजे उक्त क्षेत्रमा बसोबास गर्ने २८ वर्षीय रमेश लोनियालाई घर नजिकै शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट १५ ग्राम […]

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

error: Content is protected !!