३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

तुलसीपुर प्रहरीले अपराधिक घटना रोक्न छ्ड्के भिग्रस चेकिङ

Logo
प्रकाशित सोमबार, कार्तिक १०, २०७७

तेज वली
तुलसीपुर दशै तिहारको विचमा हुनसक्ने संभावित अपराधिक घटना नियन्त्रणका लागि प्रहरीेले दाङको तुलसीपुरमा छड्के भिग्रस चेकिङ सुरु गरेको छ । भिग्रस चेकिङलाई तुलसीपुर भित्रीने र बाहिरीने नाकामा केन्द्रित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीले यो अभियान एक हप्ता अघिदेखी सुरू गरेको हो ।
छ्ड्के भिग्रस चेकिङ उत्तरमा गोठीखोला, दक्षिणमा दमारगाउँ र पश्चिमा पातुखोला पुलमा गर्ने गरिएको छ । त्यसैगरी, सरपराईज, ज्वाइन्ट, र पेटोल गस्तीलाई पनि अवस्था हेरेर गर्ने गरिएको छ ।
छ्ड्के भिग्रस चेकिङमा कुनै व्यक्तिलाई शंका लागेमा खुट्टादेखि शिरसम्म खानतलासी गर्ने र आवश्यक परे अनुसन्धानका लागि नियन्त्रणमा लिने गरिन्छ । भिग्रस चेकिङमा एक सय जना खानतलासीमा परेका छन् । चाडपर्वको समयमा चोरी, कुटपिट, लुटपाट र अन्य आवान्छित कृयाकलाप हुने गरेकाले सुरक्षा सतर्कता बढाईएको प्रहरी प्रमुख डिएसपी सिंहले बताउनुभयो । सरपराइज चेकिङ एक्कासी गरिनछ भने जनपथ प्रहरी सशस्त्र प्रहरीले संयुक्त रुपमा गर्ने गस्तीलाई प्रहरीले ज्वाइन्ट गस्ती भन्ने गरेको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!