ABC क्राईमबिट
गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ ।
नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट सोमबार राति पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।