२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

काठमाडौंमा विद्युतीय ट्याक्सी गुड्ने सुन्दर यातायातले थाल्यो तयारी

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

ABC Sanchar
काठमाडौं संघीय राजधानी उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।
‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् ।
सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ ।
सरकारले जति छिटो अनुमति प्रदान ग¥यो त्यति नै छिटो विद्युतीय ट्याक्सी सञ्चालन गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
सुन्दर यातायात प्रालिले दशैं, तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै छिट्टै विद्युतीय ट्याक्सी २सेवा शुरु गर्ने जानकारी गराएको हो ।
सुन्दर यातायातले ४ सिट क्षमता र ५ सिट क्षमताका दुईवटा विद्युतीय कारलाई ट्याक्सीका रुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।
४ सिट क्षमताको भएको ट्याक्सीमा ३२ किलोवाट क्षमताको ब्याट्री हुने छ । यो कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटरसम्म कुद्ने छ ।
यस्तै, ५ सिट क्षमताको कारमा ४२ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ । यो कार एकपटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म कुद्ने छ ।
हाल पेट्रोल इन्जन भएका सुजुकी अल्टो ८००, हुन्डाइ ईओन, टाटा ई–जेटा लगायतका कारहरु काठमाडौंमा ट्याक्सीका रुपमा प्रयोग भइरहेका छन् ।
केही समय अगाडि मात्रै सरकारले ट्याक्सीका सन्दर्भमा नयाँ मापदण्ड जारी गरेको थियो । यद्यपि नयाँ मापदण्डअनुसारका ट्याक्सी भने सडकमा गुडिसकेका छैनन् ।
विद्युतीय ट्याक्सीका सन्दर्भमा भने सरकारले कुनै निश्चित मापदण्ड तोकिसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!