२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चीन र नेपालबीचकाे तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

ABC Sanchar
सिन्धुपाल्चोक नेपाल-चीनबीचकाे तातोपानी नाका आजबाट पुनः खुल्ने भएकाे छ ।
विगत लामाे समय (काेराेना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएकाे असाेजमा २ दिन मात्र खुलेर पुनः बन्द भएकाे थियाे ।
यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेकाे २ दिनमै उक्त नाका असोज २१ देखि पुनः बन्द भएकाे थियो ।
अहिले फेरि स्वास्थ्य सावधानी अपनाएर नाका सुचारू गर्न लागिएकाे हाे । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]