२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

सशस्त्र प्रहरीको ठुलो सफलता लागूऔंषध नाईट्रोभेट सहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

(ABC क्राईमबिट)
महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ३ बोर्डर स्थित बि.ओ.पि .बाट खटिएको आई.डि. न.६१६२ का सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमोद झाको कमान्डमा ५ जनाको बोर्डर चेकप्वाईट डिउटी टोलिले भारतबाट झोलामा राखी नेपाल तर्फ आउदै गरेको दुई जनालाई सन्कालागि चेकजाँच गर्दा उनिहरुसङ्ग लागु औषध नाईट्रोभेट १५०० पिस बरामद भएको थियो ।
पक्राउ पर्नेमा जिल्ला दोलखा टुलोपात गापा वडा न.९ बस्ने ललित भुजेलको छोरा बर्ष २७ को असिम भुजेल र जिल्ला सिन्धुली कमलामाई न.पा. बस्ने टेक बहादुर भुजेलको छोरा बर्ष २७ को मनोज भुजेललाई लागु औषध सहित नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पठाईएको सशस्त्र प्रहरी निरीक्षक बिर्ख बहादुर शाहीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]