२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्मचारीमा कोरोना देखिए पछी राप्ती गाउँपालिका कार्यालय सँगै १ र ३ वडा कार्यालय सिल

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

बिदुर एमसी
दाङ भालुवाङ कर्मचारीमा कोरोना देखिएपछि देउखुरीको राप्ती गाउँपालिकाको कार्यालय सँगै १ र ३ नम्बर वडा कार्यालय ४ दिनका लागि सिल गरिएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आज एक सूचना जारी गर्दै बुधबार देखि कात्तिक १६ गतेसम्म ३ वटा कार्यालय सिल गरिएको जानकारी दिएका छन् ।
गाउँपालिका अन्तरगत रोजगार सेवा केन्द्रमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना देखिएपछि अहिले उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनको सम्पर्कमा आएका अन्य कर्मचारीमा पनि कोरोना हुन सक्ने र त्यसबाट सेवाग्राहीमा समेत संक्रमण फैलन सक्ने भएकाले गाउँपालिका अन्तरगत संकट ब्यवस्थापन समितिले ४ दिनकालागि कार्यालय सिल गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।
साथै अत्यावश्यक काम परे वडाध्यक्ष, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशाकीय अधिकृतलाई सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ । सूचनामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]