११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

युवायुवतीलाई साइबर ब्यूरोको अनुरोध म्यासेन्जरमा गोप्य भिडियो माग्ने कल आए प्रहरीलाई खबर गर्नु

Logo
प्रकाशित बुधबार, कार्तिक १२, २०७७

ABC क्राईबिट
काठमाडौं नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित नम्बरबाट आउने फोन सामाजिक सञ्जालमा आउने सन्देश (म्यासेज) बारे सचेत रहन युवा–युवतीहरुमा अनुरोध गरेको छ ।
पछिल्लो समय ‘अननोन’, ‘प्राइभेट’ वा कुनै नम्बर डिस्प्ले नै नहुने तथा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर फोन गरी गोप्य विवरण माग्ने गरेका घटना बढेको भन्दै साइबर ब्यूरोले त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।
प्रहरीका अनुसार केही व्यक्तिहरुले अननोन नम्बर र फेसबूक म्यासेन्जर र सामाजिक सञ्जालबाट कल गरेर साइबर क्राइम डिपार्टमेन्टबाट बोलेको भन्दै विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेलिङ गर्ने गरेका छन् ।
‘म साइबर डिपार्टमेन्टबाट बोलेको हो, तपाईंको फेसबूक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेशनका लागि तपाईंले आफ्नो न्यूड फोटो, भिडियो पठाउनुहोस् भनेर ई–मेल, सामाजिक सञ्जाल, फेसबूकको म्यासेन्जरमा पठाउन लगाउने, तत्पश्चात उक्त ई–मेल, फेसबूकको आई डी, म्यासेन्जर डीएक्टीभ गर्ने गरेको भन्ने सूचना एवम उजुरीहरु प्राप्त भैरहेकोप्रति ब्यूरोको ध्यानाकर्षण भएको छ,’ साइबर ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले एक वक्तव्य जारी गर्दै भनेका छन् ।
साइबर ब्यूरोल त्यस्ता गतिविधिहरु गैर कानूनी भएको उल्लेख गर्दै झुक्यानमा पार्ने खालका क्रियाकलापहरुबाट सचेत रहन र आफ्ना व्यक्तिगत कुनै पनि विवरणहरु उपलब्ध नगराउन अनुरोध गरेको छ । साथै त्यस्ता कार्यहरु भए गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि एसएसपी अर्यालले अनुरोध गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!