०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बिरगंज प्रहरीले भंसार छली ल्याउदै गरेको लाखौं मुल्यको लत्ताकपडा तथा जुत्ता चप्पल पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

ABC क्राईमबिट
बिरगंज तस्करहरुले लत्ताकपडा लगायतका मालवस्तु भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ लिई आउदैछ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा अं.७ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ स्थित पुग्दा सुचना अनुसारको ४ जना पुरुष ब्यक्तिहरुले ना.१ ह १-०१६३ ना.२ ह ६६५९ नम्बरको अटोमा जुत्ता चप्पल तथा लताकपडा लगायतका मालबस्तुहरु लोड गरी लिई आईरहेको अवस्थामा प्रहरी टोलीलाई देख्ना उक्त नम्बरको अटो तथा सो मा लोड रहेको मालबस्तुहरु सोही स्थानमा छाडी भागी फरार भएकोले उल्लेखित अटो थान २ जुत्ता चप्पल तथा लत्ता कपडा समेत गरि अं. रु.९,७७,६५०।– बराबरको मालवस्तु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको एसपी गगा पन्तले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!