२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

बारामा प्रहरी र प्याज तस्करबीच झडप प्रहरीले तस्कर माथि गोली चलाएयो

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

(ABC क्राईमबिट)
बारा भारतबाट सामान तस्करी ल्याएर आएकाहरुलाई नियन्त्रणमा लिन बारा प्रहरीले गोली चलाएको छ । जिल्लाका सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार तस्करहरुले स्थानीयसँग मिलेर बुधबार राति सीमा क्षेत्रबाट प्याज ओसारेका थिए ।
तस्करी गरेर ल्याइएको प्याज नियन्त्रणमा लिने क्रममा तस्करको समूहसहित स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव घाइते भएका छन् ।
‘अन्तिम अवस्थामा आत्मरक्षाका लागि हवाइ फायर गरिएको हो । हवाइ फायर गर्दा गोली लागेर १ बालक घाइते भएका छन्,’ बाराका प्रहरी प्रमुख एसपी पंगेनीले भने ।
प्रहरीको गोली लागी घाइते भएका रञ्जनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार चिकित्सकले रञ्जनको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीतर्फ ३ जना घाइते भएका छन् । प्रहरीतर्फ प्रहरी नायव निरीक्षक (सई) वीरेन्द्र गिरीसहित ३ जना घाइते भएका हुन् । घाइते ३ जनाको बाराको कलैयामा नै उपचार भइरहेको एसपी पंगेनीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!