१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

तुल्सीपुर डिएसपी सिंहको सफलता सखुट्टा काट्ने दुईजनालाई पक्राउ

Logo
प्रकाशित शुक्रबार, कार्तिक १४, २०७७

तेज वली                                                  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।
गम्भीर घाईते भएका विकको भारतको लखनउमा उपचार भइरहेको छ । कात्तिक १० गते दशैको दिन साँझ १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीमा पुकार पसलबाट पढ्ढा तर्फ जाने सडकमा बिकलाई आक्रमण गरिएको हो । भाञ्जाको विहेबाट भोजमा सहभागी भई एक्लै घरतर्फ जाँदै गरेको अबस्थामा बिकमाथि आक्रमण भएको प्रहरीले बताएको छ । उनको खुट्टाको पैतला छिनिएको छ, भने हातको हत्केला र ढाडमा चोट लागेको छ । घटनामा अन्य व्यक्तीहरु पनि संलग्न हुन सक्ने भन्दै यस विषयमा अनुन्धान भइरहेको उनको भनाई छ । एकान्त स्थानमा घटना भएको र स्थानीयहरुले पनि केही कुरा बोल्न नमानेकाले अनुसन्धानमा समस्या भएको उनको भनाई छ ।
सोही दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरी स्थित आशिष चौधरीको घरमा नाचगान भइरहेको समयमा स्थानीय दुर्गा प्रसाद चौधरीसंग विवाद हुँदा झडप भएको थियो । आक्रमणको क्रममा सोही ठाउँका ४२ बर्षीय सुसिल चौधरीसहित ११ जना व्यक्तिले दुर्गा प्रसाद चौधरीको टाउको लगायत शरिरका बिभिन्न अंगहरुमा प्रहार गर्दा गम्भीर घाईते भएका थिए । उनको अहिले कोहलपुर उपचार भइरहेको छ ।
अबस्था सामान्य रहेको प्रहरीले बताएको छ । आक्रमणमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ, भने अन्य फरार छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपापिलका वडा नं. १४ निवासी २२ बर्षीय विजय चौधरी, सोही ठाउँका २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी, २८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरी रहेका छन् । पक्राउ परेकाहरुमध्ये पवन चौधरी दुबै घटनामा संलग्न भएको पाईएको छ । नाचगान गर्ने क्रममा उत्पन्न विवादले नै यी दुई घटना निम्त्याएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । एक घण्टाको फरकमा यी दुई घटना भएका थिए । आसपासमा प्रहरी चौकी नहुँदा पनि त्यस स्थानमा अपराधिक गतिबिधिहरु बढिरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]