२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

महावीर राष्ट्रिय आविष्कार केन्द्रलाई डा.योगीद्वारा नगद २५ हजार सहयोग

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिदुर एमसी
दाङ भालुवाङ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई डा.शंकरनाथ योगीले नगद सहयोग गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका १ भालुबाङ निवासी डा. योगीले राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
आविष्कार केन्द्रलाई नेपाल सरकारबाट कुनै पनि किसिमको सहयोग नआएको र केन्द्रले अस्पतालहरुमा सहयोग गरेकाले डा. योगीले उक्त रकम सहयोग गरेका हुन् । उक्त संस्थालाई सहयोग गर्ने मनसायले नेपाल सरकारको पुर्व सचिव भिम उपाध्याय सँग आजै मेसेज मार्फत पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको खाता नं. मागेका डा. योगीले उक्त रकम पठाएका हुन् ।
डा. योगीले ओम मेडिको फार्मेसी सञ्चालन गरि स्वास्थ्य सेवा दिइरहेका छन् । उनी सरकारी स्वास्थ्य संस्थामा पुर्ण निष्ठाका साथ काम गर्नुका अलावा सामाजिक क्षेत्रमा पनि उत्तिकै सकृय रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]