२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

भालुवाङमा दाङ देउखुरी आइडलद्धारा पत्रकार सम्मेलन

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

बिदुर एमसी                                                           दाङ देउखुरी आइडलले शनिवार राप्ती गाउँपालिका १ पाखापानीमा पत्रकार सम्मेलन गरेको छ । “कला साँस्कृतिक संरक्षण हाम्रो अभियान, लुम्बिनी प्रदेशको राजधानी भालुवाङ हाम्रो पहिचान” भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशका १२ जिल्लालाई कर्मथलो बनाई यस क्षेत्रको कला, संस्कृति र मौलिकतालाई उजागरण गर्ने गरी होटल पौवामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
आइडलका डाइरेक्टर तथा कोरियोग्राफी धिरज देवकरले आइडलका बारेमा विस्तृत जानकारी दिएका थिए । उनका अनुसार आइडल ४ चरणमा हुने छ । जसमा पहिलो चरण कार्तिक २० र २१ गते राप्ती गाउँपालिका १ पाखापानी स्थित होटल पौवामा अडिसन राउण्ड, दोस्रो चरणमा कार्तिक २२ र २३ गते कोरोग्राफी राउण्ड, तेस्रो चरणमा मंसिर ६ गते सेमिफाइनल राउण्ड होटल पौवामै गरिने र चौथो चरणमा फाइनल राउण्डको मिति भने पछि तय गरिने आइडलका डाइरेक्टर तथा कोरियोग्राफी देवकरले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!