०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

सशस्त्र प्रहरी बल बिओपी जमुनाले लाखौं मुल्यको अवैध सामग्री पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक १६, २०७७

महेन्द्र सिंह
सशस्त्र प्रहरी बल बिओपी जमुना बाँकेले भारतबाट अवैधरुपमा ल्याइँदै गरेको सामग्री पक्राउ गरेको छ । सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जमुनाह गाउँ नजिकैबाट बेबारिसे अवस्थामा रहेका अवैध सामग्री पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष कुमार शर्माको कमाण्डमा खटिएको ७ जनाको सशस्त्र प्रहरीको गस्ती टोली आईतवार विहान ११ बजे १ लाख ४३ हजार मूल्य बराबरको कपडा जुत्ता पिपिई सेट, कस्मेटिक सामान सुर्तीजन्य पदार्थ लगायत एउटा पाइडल रिक्सा पक्राउ गरेको हो । नयाँ तरिकाले तस्करी गरेर रिक्सामा सामान ल्याइएपनि सशस्त्र प्रहरीको चलाखीले अवैध सामग्री बरामद भएको छ । बरामद गरिएका सामग्री थप आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी सहायक निरिक्षक शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

error: Content is protected !!