१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

प्यूठानमा स्वास्थ्य विमा सेवा सुभारम्भ

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

कमल बि.क.
प्यूठान, ४ जेठ २०७५ ।
प्यूठान जिल्लामा स्वास्थ्य विमा सेवाको शुभारम्भ भएको छ । प्यूठान अस्पताल विजुवार प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा जेठ १ गते मंगलबार औपचारिक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो ।
यसैबिच प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा फार्मेसिको सञ्चालनमा आएको छ, त्यस्तै आधारभुत आकस्मिक प्रस्तुती सेवा पनि सुचारु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा भएको शुभारम्भ कार्यक्रममा विशेष अतिथि रहनुभएका जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले स्वास्थ्य विमा पछि जनताले पाउने सेवा सुविधा तथा निशुल्क भनिएको औषधि किन्न नपर्ने बताउनु भएको छ । त्यस्तै अति विपन्न परिवारको विमा सरकारलेनै गर्ने भएको हुदा सबै घरधुरीलाई स्वास्थ्य विमा गर्न प्रेरित गर्न स्थानिय निकाय तथा सबै सरोकारवाला लाग्नु पर्ने समेत बताउनु भएको छ ।
प्रमुख अतिथि मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज रानाले स्वास्थ्य केन्द्रमा फार्मेसि सन्चालन गर्न लागिएकोले आवश्यक सामाग्रि सहयोग गर्ने बताउनु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका मेडिकल अधिकृत डा. सुवास पौडेलले निर्माण भएको ८ वर्ष पछि संस्थालाई भवन हस्तारण भएपश्चात आधारभुत आकस्मिक प्रस्तुती सेवा, आफ्नै नयाँ भवनबाट सेवा सञ्चालनमा आएको बताउँदै फार्मेसि सञ्चालनमा आएको हुँदा स्वास्थ्य विमालाई प्रभावकारी बनाउन आफु कटिवद्ध रहेको बताउनु भयो ।
भावी दिनमा स्वास्थ्य संस्थामा गुणस्तरीय एक्सरे मेशिन ल्याउने, जिर्ण भवनलाई मर्मत गर्ने, स्वास्थ्य केन्द्र वरीपरि पर्खाल बनाउने साथै थप गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको डा. पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य स्वयमसेविका, आमा समुह सरोकारवाला निकाय लगायतको उपस्थितिमा सम्पन्न भएको सुभारम्भ कार्यक्रमको अध्यक्षता स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष साथै मल्लारानी गाउँपालिका ४ प्यूठानका अध्यक्ष कुमार श्रेष्ठ रहनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङले आज दाङका आयुर्वेद स्वास्थ्यकर्मी प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको अध्यक्षता एवम् राप्ती आयुर्वेद चिकित्सालय, तुल्सीपुरका प्रमुख डा. मदन कुमार बी सीको प्रमुख आतिथ्यता तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज , लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष मोहनसिंह सुनार र […]

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]