१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

प्यूठानमा स्वास्थ्य विमा सेवा सुभारम्भ

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

कमल बि.क.
प्यूठान, ४ जेठ २०७५ ।
प्यूठान जिल्लामा स्वास्थ्य विमा सेवाको शुभारम्भ भएको छ । प्यूठान अस्पताल विजुवार प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा जेठ १ गते मंगलबार औपचारिक कार्यक्रम गरि सेवा सुभारम्भ गरिएको हो ।
यसैबिच प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा फार्मेसिको सञ्चालनमा आएको छ, त्यस्तै आधारभुत आकस्मिक प्रस्तुती सेवा पनि सुचारु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा भएको शुभारम्भ कार्यक्रममा विशेष अतिथि रहनुभएका जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले स्वास्थ्य विमा पछि जनताले पाउने सेवा सुविधा तथा निशुल्क भनिएको औषधि किन्न नपर्ने बताउनु भएको छ । त्यस्तै अति विपन्न परिवारको विमा सरकारलेनै गर्ने भएको हुदा सबै घरधुरीलाई स्वास्थ्य विमा गर्न प्रेरित गर्न स्थानिय निकाय तथा सबै सरोकारवाला लाग्नु पर्ने समेत बताउनु भएको छ ।
प्रमुख अतिथि मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज रानाले स्वास्थ्य केन्द्रमा फार्मेसि सन्चालन गर्न लागिएकोले आवश्यक सामाग्रि सहयोग गर्ने बताउनु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका मेडिकल अधिकृत डा. सुवास पौडेलले निर्माण भएको ८ वर्ष पछि संस्थालाई भवन हस्तारण भएपश्चात आधारभुत आकस्मिक प्रस्तुती सेवा, आफ्नै नयाँ भवनबाट सेवा सञ्चालनमा आएको बताउँदै फार्मेसि सञ्चालनमा आएको हुँदा स्वास्थ्य विमालाई प्रभावकारी बनाउन आफु कटिवद्ध रहेको बताउनु भयो ।
भावी दिनमा स्वास्थ्य संस्थामा गुणस्तरीय एक्सरे मेशिन ल्याउने, जिर्ण भवनलाई मर्मत गर्ने, स्वास्थ्य केन्द्र वरीपरि पर्खाल बनाउने साथै थप गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको डा. पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य स्वयमसेविका, आमा समुह सरोकारवाला निकाय लगायतको उपस्थितिमा सम्पन्न भएको सुभारम्भ कार्यक्रमको अध्यक्षता स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष साथै मल्लारानी गाउँपालिका ४ प्यूठानका अध्यक्ष कुमार श्रेष्ठ रहनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकका कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट […]

  (ABC-Sanchar) काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ । पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या […]

  ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट […]