(ABC क्राईमबिट)
सप्तरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुलाई ५० हजार घुससहित पक्राउ गरेको छ ।
सई कानुले पक्राउ गरी चौकीमा राखेको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त घुस रकमसहित आज नियन्त्रणमा लिएको छ । साथै सोही प्रकरणमा संलग्न प्रहरी जवान रामईश्वर मण्डल र स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि अख्तियारले पक्राउ गरेको छ ।
अख्तियारका अनुसार सई कानुले सेवाग्राहीबाट उक्त घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित तीनै जनालाई तिलाठी कोइलाडी गाउँपालिका-१, बेल्हीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।