२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले हजारौं लिटर घरेलु मदिरा समान जफत गरि नष्ट

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

सागर थापा                                                        घोराही उपमहानगरपालिका वडा नं. १८ फुर्सेकाली क्षेत्रवाट जाँड १ सय ४२ ड्रम नष्ट गरेको छ । जो लिटरमा मापन गर्दा झन्डै ४ हजार ५० लिटर हुन जान्छ । त्यस्तै प्रहरीले थप ४० लिटर घरेलु मदिरापनि नष्ट गरेको छ । साथै घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाँडा आठ सेट बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
आउँदै गरेको तिहार लगाएत चाड पर्वलाई मध्यनजर गर्दै फुर्सेकाली क्षेत्रका विभिन्न व्यक्तिको घरवाट उक्त परिमानमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको डिएसपी खड्काले बताए ।
घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण तीव्र पारिएको भन्ने गोप्य सूचनाको आधारमा स्थानीयका घरहरुमा खान तलासी गर्दा ती सामाग्री बरामद भएको र त्यसपछि ती सामाग्री नष्ट गरिएको प्रहरीले बताएको छ । राज्यको नीतिमा घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैरकानुनी मान्दै आएको छ । त्यसैले त्यसको उत्पादन र विक्रि वितरणमा समेत रोक लगाउँदै आइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]