२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले अवैध जडिबुटी सहित पाँच जना पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

ABC क्राईमबिट
लमजुङको बेसीशहर नगरपालिका-८ नारायणस्थानबाट विभिन्न प्रकारका अवैध जडिबुटी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लमजुङ दोर्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय कर्ण गुरुङ, मनाङ नार्फु गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाम्पा छिरिङ लामा, मनाङ नेस्याङ गाउँपालिका-३ बस्ने २९ वर्षीय पल्मु लामा, लमजुङ बेसीशहर नगरपालिका-८ बस्ने ४४ वर्षीया शान्ता कुमारी तामाङ र ४६ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये कर्ण, लाम्पा र पल्मुको साथबाट अवैध जडिबुटी १६ किलोग्राम जटामसी, १ सय २४ किलोग्राम बुकीफुल, ५३ किलोग्राम धुपिपात, ९ किलोग्राम सुनपाती र १३ किलोग्राम भोजपत्र बरामद भएको छ । मनाङबाट ग.१ ज ७४५३ नम्वरको जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कर्णले चलाएको उक्त जिपमा लुकाई राखेको जडिबुटी सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शान्ता कुमारी तामाङलाई उनकै घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔले ८ किलोग्राम सहित तथा मिन बहादुर तामाङलाई ३.५ किलोग्राम प्रतिबन्धित जडिबुटी पाँचऔले, अवैध जडिबुटी ५३ किलोग्राम निरमसी, १४ किलोग्राम मजिठो, २ सय ४१ किलोग्राम पिप्ला, ८.५ किलोग्राम सतुवा, २.५ किलोग्राम जटामसी, १ सय ६ किलोग्राम ढालिङ, ५४ किलोग्राम कुड्की सहित पक्राउ गरेको हो ।
बरामद जडिबुटीको अनुमानित बजार मूल्य करिब १९ लाख ३२ हजार २ सय ९० रुपैयाँ रहेको र उक्त जडिबुटी सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!