२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बोक्सी भन्दै छोराले कुटपिट गर्दा ७५ बर्षकि वृद्धा आमाको मृत्यु

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

ABC क्राईमबिट
लहान बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेर घाइते सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बोक्सीको आरोपमा कुटपिट गरी आमाको हत्या गरेका आरोपी रामअवतारलाई पक्राउ गरिएको र उनीमाथि कानूनी कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिनुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!