२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बागलुङ एक हप्तालाई बजार क्षेत्रमा लकडाउन घोषणा

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

ABC Sanchar
बागलुङ नगरपालिका बागलुङ आगमी एक हप्तालाई बागलुङबजार नगर क्षेत्रका ‘लकडाउन घोषण गर्न सिफारिस गरेको छ । बागलुङ बजार क्षेत्रको समुदायस्तरमा कोरोना पहिचान भएपछि संक्रमण रोकथामको लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय बागलुङलाई लकडाउन घोषण गर्न सिफारिस गरेको हो ।
यस अघि आईतबार विहान उद्योग वाणिज्य संघ बागलुङले संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्ने सर्तसहित बन्दाबन्दी गर्न नगरपालिका र प्रशासनमा आफ्नो राय पेस गरेको थियो ।
एक हप्ता लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘व्यवसायिक तथा स्वास्थ्यकर्मीको राय अनुसार लकडाउनको सिफारिस गरेका छौँ’ मेयर पौडेलले भन्नुभयो–‘ जनताको सुरक्षा स्थानीय सरकारको प्राथमिकता हो ।’
कोरोना संक्रमितका सम्पर्कमा रहेका सबैको क्लोज कन्ट्याक्ट टे«सिङ्ग गर्नुपर्ने, बजारका पसलमात्र नभएर बैंक तथा वित्तिय संस्थासहित यातायात सेवाबन्द गरेर मात्रा लकडाउन गर्न उद्योग वाणिज्य संघले लिखित राय पेस गरेको थियो ।
व्यापार व्यावसायभन्दा नागरिकको स्वास्थ्य ठुलो विषय भएको उल्लेख गर्दै संघले सर्तसहितका लकडाउन न्युनतम १४ दिनसम्म गर्न सकिने राय पेस गरेको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।
बागलुङ बजारको केही व्यवसायी, राजनीतिकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारमा शनिबार कोरोना पुष्टि भएको थियो । बजार क्षेत्रमा चहलपहल बढ्दै जाँदा संक्रमण थप फैलिने त्रासले बन्दाबन्दी स्वीकार गर्न उद्योग वाणिज्य संघ तयार भएको हो । विगतमा जस्तो बजार बन्दगर्न आग्रहनगरे पनि सर्तसहित बन्दाबन्दीको पालना गर्न उद्योग वाणिज्य संघले सहमति जनाएको छ ।
लकडाउन सम्बन्धी नगरपालिका र उद्योग वाणिज्य संघको लिखित आग्रह प्राप्त भएको जानकारी दिँदै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले लकडाउनको मोडालिटीबारे छलफल गर्न सोमबार सर्वपक्षीय बैठक डाकेको जानकारी दिनुभयो । विगतमा जस्तो कार्यालय नै बन्द हुने गरी लकडाउन नहुने उहाँले संकेत गर्नुभएको छ । उहाँले बजार क्षेत्रका पसल बन्दको आग्रह भएको उल्लेख गर्नुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]