२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बढ्दो बालविवाह रोकथाम तथा न्यूनिकरणको विषयमा प्रहरी र बालबालिकाबीच छलफल

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

महेन्द्र सिंह
वडा प्रहरी कार्यालय नेपालगन्जको अग्रसरतामा नगरमा रहेका बालबालिका तथा किशोरकिशोरीसंग बालविवाह न्यूनिकरणका विषयमा बहस शुरु गरेको हो ।
विशेषगरि नगरमै बालविवाहका घटना बढ्दै जानु र यसले समाज तथा बालबालिकामा पारेको असरका विषयमा नगरमा रहेका बालबालिका, किशोरकिशोरीसगं वडा प्रहरी कार्यालयले छलफल शुरु गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख डिल्ली बहादुर खड्काले जानकारी दिए ।
बालबिबाह बिरुद्ध प्रहरी अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरी बालबिबाहलाई रोक्ने, निस्तेज गर्ने, कानूनको बर्खिलाप गरी बालविवाह गर्न, गराउन खोज्नेलाई कानूनी दायरामा ल्याउनका लागि वडा प्रहरीले यस्तो प्रयास सुरु गरेको हो ।
छलफलमा सहभागि बालबालिका, किशोरकिशोरीले प्रहरीको साथमा सबै पक्षबाट हातेमालो गरि बालबिबाह एक सामाजिक बिकृति, कुरीति तथा अपराध समेत भएकोले यसलाई जरैबाट निर्मूल पार्न हातेमालो गर्ने प्रतिबद्धत दिए ।
सोक्रममा जिल्ला बालक्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनुका रावत तथा पूर्व अध्यक्ष श्वेता गुरुङ्ग, नगर बालसञ्जाल नेपालगन्जका पूर्व अध्यक्षद्वय अन्जना चर्तुबेदी र साहिल अन्सारीले नगर तथा जिल्लामा बालविवाह र यसका असरका बारेमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्कालाई जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]