२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके एसपी रानाको ठुलो सफलता २ करोडौं बराबरको ठगी गर्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १८, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।
यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।
बाँके प्रहरीले मंगलबार योलगायतका ५ वटा घटना सार्वजनिक गरेको छ । जसमा तीन किलो अफिम, २२ ग्राम ब्राउनसुगर, रेडपाण्डाको छाला र नेकपा विप्लव माओवादीका कार्यकर्ता पक्राउ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]