२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी बिरगंजले ठुलो मात्रमा लागुऔषध सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

(ABC क्राईमबिट) बिरगंज सशस्त्र प्रहरीले वीरगञ्ज बाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नम्बर १० बस्ने वर्ष १९ का मनु कुमार साह रहेका छन । उनको साथ बाट ठुलो परिमाणमा लागुऔषध डाइजापाम ३ सय ९७ गोटा, फेनार्गन ३ सय ९९ गोटा र नुर्फिन ३ सय ७९ गोटा बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले बताए ।
सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगञ्ज बाट खटिएको सशस्त्र प्रहरीको टोलीले इनर्वा गाउ स्थित खेतको बाटो भएर भारत बाट नेपाल तर्फ झोलामा राखी किराना समान संगै २ वटा तेलको ग्यालीन बोकी आउदै गरेको साहलाई शंका लागी चेकजाच गर्ने क्रममा ग्यालीन भित्र लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक बमले जानकारी दिए । सिमानाकामा आवात जावत केही खुकुलो भएसंगै लागुऔषध तस्करी बढेको देखिएपनि सशस्त्र प्रहरीले सिमानाकामा कडा निगरानी बढाईएको सशस्त्र प्रहरी बिरगंजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]