०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

संघीय सरकारको ४० लाखको लागतमा सडक निर्माण सुरु

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

तेज वली
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को चन्द्रगञ्जदेखि राईखलियानसम्मको सकड निर्माणको काम अघि बढेको छ । विहीबार उक्त सडक निर्माण कार्यको सिलन्यास गरिएको छ । राष्ट्रियसभा सदस्य कोमल वलीले उक्त सडक सिलन्यास गरेकी हुन् ।
संघीय सरकारको ४० लाखको लागतमा निर्माण हुन लागेको उक्त सडकमा अहिले नाला निर्माणको काम सुरु भएको छ । ३५० मिटर नाला निर्माणको काम अघि बढेको हो । उक्त सडकमा क्रमागत रुपमा अर्को बर्ष पनि बजेट आउने छ । बैकलिपक मार्गका रुपमा हेरिएको उक्त सडक निर्माणको जिम्मा विकास एण्ड विसाल निर्माण सेवाले लिएको छ ।
त्यस अवसरमा सांसद वलीले उक्त सडक निर्माणको कामलाई छिटो सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएकी छिन् । आगामी बर्ष पनि सोही सडकमा बजेट आउने भन्दै त्यो सडकको स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेको समेत उनले बताईन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!