२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले १० किलो अफिम सहित एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

महेन्द्र सिंह                                                          बाँके बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट बिहीबार १० किलो अफिम सहित जाजरकोटका तिलकबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार ठूलो मात्रामा अफिम कारोबार भइरहेको छ भन्ने सूचना पाए लगत्तै चेकजाँच गर्दा जाजरकोटका शाहीलाई उक्त लागुऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
लागुऔषध अफिमको मोलमोलाई भइरहेकै बेला लागुऔषध अफिम सहित शाहीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिदाँ दश किलो चार सय ग्राम तौल अफिम भएपनि पलास्टीकमा प्याकिङ्ग गरिएकोले नेट १० केजी हुनसक्ने आँकल गरिएको एसपी रानाले बताए । पक्राउ परेका शाही स्वयम लागुऔषध अफिम उत्पादक र यसको कारोबारी रहेको खुल्न आएकोछ । उनका अनुसार जाजरकोटबाट बाँके अफिम बेच्न शाही आफै आएका हुन् ।
पक्राउ परेका शाहीलाई लागुऔषध अफिम सहित यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएकोछ ।
पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके, बर्दियाबाट कारोबार भइ भारत तथा तेस्रो मुलुक पैठारी हुने गर्छ । यताबाट अफिम तस्करी गरि उता पठाउने र उताबाट सोही अफिमबाट ब्राउनसुगर बनाएर नेपाल भित्र्याइने गरिन्छ ।
केही दिनअघि ब्यूरोको टोलीले बाँकेको कुसुमबाट तीन किलो अफिम सहित एकजनालाई पक्राउ गरेको थियो । केही महिना अघि बाँकेकै कुशुमबाट १० किलो अफिम सहित तीन जना पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।