२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भालुवाङ्गमा फाेहाेर व्यवस्थापन सम्बन्धि छलफल तत्काल समाधान गर्नेमा जोड

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

(बिदुर एमसी)  दाङ                                        भालुवाङ्ग प्रादेशिक राजधानी घाेषणा भएपश्चात् भालुवाङ्ग क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या झनै पेचिलो बन्दै गइरहेको छ । यसै समस्यालाई दीर्घकालीन रूपमा समाधान खाेज्नका पटकपटक भेला अामभेला पनि भए । तर समस्या ज्युँका त्युँ । राप्ती गाउँपालिकाले फाेहाेर व्यवस्थापनका लागि उपयुुक्त स्थान दिने वडा तथा सामुदायिक बनलाई गाउँपालिकाको वार्षिक बजेटबाट थप २५ लाख रकम सहित अन्य सेवा सुविधाका साथै त्यस वडा या सामुदायिक वनका उपभोक्ताहरु बसाेबास रहेको क्षेत्रमा अन्य भौतिक बिकाशमा जाेडदिने छुट्टै सुनौलो योजना पनि नल्याएको होइन । तर पनि समस्याको निकास आएन । प्रान्तीय राजधानीकाे अागमनसङ्गै भालुवाङ्ग क्षेत्रमा मानव जनघनत्व ह्वात्तै बढ्नसक्ने र तत् अनुपातमा फाेहाेर पनि बढ्ने भएकोले यथाशीघ्र साेतर्फ कदम चाल्नुपर्नेमा उपस्थित सबैले सुझाए ।तत्कालीन रूपमा नजिकैको राप्ती नदि वा अन्यत्र कतै लगेर फाल्दैमा अब दीर्घकालीन समाधान नहुने भन्दै कार्यक्रममा उपस्थित सहभागीहरु यसतर्फ गम्भीर बनेका हुन् ।राप्ती गाउँपालिका वडा नं १का वडाध्यक्ष ताराबहादुर डिसीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय विभिन्न सँघसंस्था, सामुदायिक वन,खानेपानी, व्यापारी बुध्दिजीवि, सुरक्षाकर्मी, होटेल व्यवसायी, सुरक्षाकर्मी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो । वडा नम्बर एकको आयोजनामा शुक्रबार अपरान्ह राप्ती उद्योग वाणिज्य सँघ भालुवाङ्गको सभाहलमा विद्यमान काेभिड१९ काे प्रभावलाई ख्याल राखेर एकापसमा भौतिक दूरी कायम गर्दै उपस्थित सबैले मास्कको प्रयोग गरेर कार्यक्रम गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।