२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भालुवाङ्गमा फाेहाेर व्यवस्थापन सम्बन्धि छलफल तत्काल समाधान गर्नेमा जोड

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

(बिदुर एमसी)  दाङ                                        भालुवाङ्ग प्रादेशिक राजधानी घाेषणा भएपश्चात् भालुवाङ्ग क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या झनै पेचिलो बन्दै गइरहेको छ । यसै समस्यालाई दीर्घकालीन रूपमा समाधान खाेज्नका पटकपटक भेला अामभेला पनि भए । तर समस्या ज्युँका त्युँ । राप्ती गाउँपालिकाले फाेहाेर व्यवस्थापनका लागि उपयुुक्त स्थान दिने वडा तथा सामुदायिक बनलाई गाउँपालिकाको वार्षिक बजेटबाट थप २५ लाख रकम सहित अन्य सेवा सुविधाका साथै त्यस वडा या सामुदायिक वनका उपभोक्ताहरु बसाेबास रहेको क्षेत्रमा अन्य भौतिक बिकाशमा जाेडदिने छुट्टै सुनौलो योजना पनि नल्याएको होइन । तर पनि समस्याको निकास आएन । प्रान्तीय राजधानीकाे अागमनसङ्गै भालुवाङ्ग क्षेत्रमा मानव जनघनत्व ह्वात्तै बढ्नसक्ने र तत् अनुपातमा फाेहाेर पनि बढ्ने भएकोले यथाशीघ्र साेतर्फ कदम चाल्नुपर्नेमा उपस्थित सबैले सुझाए ।तत्कालीन रूपमा नजिकैको राप्ती नदि वा अन्यत्र कतै लगेर फाल्दैमा अब दीर्घकालीन समाधान नहुने भन्दै कार्यक्रममा उपस्थित सहभागीहरु यसतर्फ गम्भीर बनेका हुन् ।राप्ती गाउँपालिका वडा नं १का वडाध्यक्ष ताराबहादुर डिसीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय विभिन्न सँघसंस्था, सामुदायिक वन,खानेपानी, व्यापारी बुध्दिजीवि, सुरक्षाकर्मी, होटेल व्यवसायी, सुरक्षाकर्मी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो । वडा नम्बर एकको आयोजनामा शुक्रबार अपरान्ह राप्ती उद्योग वाणिज्य सँघ भालुवाङ्गको सभाहलमा विद्यमान काेभिड१९ काे प्रभावलाई ख्याल राखेर एकापसमा भौतिक दूरी कायम गर्दै उपस्थित सबैले मास्कको प्रयोग गरेर कार्यक्रम गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!