२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले तिहार नजिकिदैं गर्दा लाखौंको पटकाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

महेन्द्र सिंह                                                    बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्राउँदै गरीएको अबैध पटाका प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहको सक्रियतामा ५ लाख मुल्य बराबरका अबैध पटाका बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कोरोना कहरका कारण बन्द रहँदै आएको सिमा नाकाबाट समेत तिहारलाई लक्षित गर्दै बिष्फोटक पदार्थ (पटाका) भित्रन थालेपछि सिमानाकामा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले बताए ।
तिहारमा बिशेष रुपमा प्रयोग हुने पटाकाहरुले बिभिन्न घटनाहरु हुन सक्ने भन्दै प्रहरीले बिशेष निगरानी राखेको रानाले बताए । पटाका ल्याउने ब्यक्ति मोटरसाईकल छाडेर फरार भएपनि उनले ल्याएको अबैध पटाका भने नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै लागु औषध ब्युरोले खजुरा गाउँपालिका ८ रनियापुरबाट १० किलो ४ सय ग्राम अफिम पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जाजरकोट जिल्ला जुनीचाँदी गाउँपालिका वडा नं। १ का तिलकबहादुर शाही रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शाहीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!