२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ जिल्ला ट्राफिकले ८३ वटा अनटेष्ट (बाईक) र (कार) कार्वाही

Logo
प्रकाशित शनिबार, कार्तिक २२, २०७७

सागर थापा
दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नम्बर नलेखेर बजारमा चल्ने अनटेष्ट सवारी साधनहरु माथि निगरानी बढाएको छ ।
जिल्ला ट्राफिक दाङले शुक्रबारदेखि ट्राफिक नियम उलङ्घन गरि नम्बर नराखेर चलाउने अनटेष्ट सवारी साधनलाई सम्झाइ बुझाइदेखि जरिवाना गरेर कारबाही सम्म गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख थम्मन जिसीले जानकारी दिए ।
बजारमा सरप्राइज चेकिङ गर्दै ट्राफिक प्रहरीले जिल्ला भरि निगरानी बढाएको छ । शुक्रबारमात्रै दाङको घोराही बजारका बिभिन्न भागमा चेकिङका क्रममा नम्बर नलखेर चलाइरहेका अनटेष्ट ३० वटा गाडीहरु नियन्त्रणमा लिर्इ जरिवाना गरिएको छ । ५३ वटा साना तथा ठुला सवारी साधनलाई पहिलो चरणमा सम्झाइ बुझाइ गरेर छाडिएको र यदि अटेर गरेमा जरिवाना गरेर कारबाही गरिने बताए । उनले यो सरप्राइज चेकिङ अभियान एक हप्ता चल्ने जानकारी दिए । नम्बर नलेखेर चलाउने अनटेष्टमा मोटरसाइकल र कारहरु धेरै रहेको दाङ जिल्ला ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!