(ABC क्राईमबिट)
धनुषा जनकपुर उपमहानगरपालिका-४ स्थित डिके होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय गणेश साह लगायत ८ जनालाई नगद १ लाख ६३ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र तास सहित पक्राउ गरेको छ ।