१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

बाँकेमा कोरोनाबाट अहिलेसम्म ६३ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह                                                       नेपाली सेनाको भैरव प्रसाद गणको विषेश टोलीले बाँके बैजनाथ गाउँपालिका–६ सम्झनाकी ४६ वर्षीया कोरोना संक्रमित महिलाको अन्तिम संस्कार गरिदै । राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आइ अस्पतालमा ज्यान गुमाएका २८ गरी ६३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङका एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका—१५ निवासी ५९ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै बिहान ५ः२५ बजे मृत्यु भएको स्रोतव्यक्ति श्रेष्ठले जानकारी दिए । ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि कात्तिक २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको भेरी अस्पतालको कोभिड आइसियूमा उपचारकै क्रममा मृत्यु भएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]