०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सवारीसाधन धोएपछि मात्रै काठमाडौं उपत्यकामा इन्ट्री हुने

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(ABC Sanchar)
काठमाडौं सरकारले काठमाडौं उपत्यका भित्रने सवारी साधनलाई अनिवार्य रुपमा धोएर मात्र प्रवेश दिने तयारी गरेको छ । काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी साधनमा धुलो मैलो टासिएर आउने र त्यसले शहरमा समेत धुवाँ धुलो थपिएर शहरको सौन्दर्यतामा नै प्रभाव पारेपछि बाहिरबाट आउने निजी तथा सार्वजनिक सवारी साधनलाई धोई पखालेर मात्र उपत्यका भित्र प्रवेश गर्न दिने नियम लागू हुन लागेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले उपत्यका भित्रने सवारी धोएर मात्रै भित्रन पाउने कार्यविधी बनिसकेको जानकारी दिएका छन् । विभागले आगामी १५ मंसिरसम्म त्यसको टेन्डर आह्वान गरिसक्ने जनाएको छ ।
झण्डै वर्ष दिन अघि नै विभागले सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण गर्ने र उपत्यका भित्रने सवारी साधनले अनिवार्य रुपमा धोई पखाली गरेर मात्र छिर्न दिने तयारी गर्दै आएको छ ।
यसअघि नै उक्त नियम कार्यान्वयनमा आइसक्नुपर्नेमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव, लकडाउन तथा निषेधाज्ञा लगायतका कारण ढिलाई हुन गएको हो । नाकामै सवारी साधन धोई पखाली गर्दा उपत्यकामा सवारीसाधनले भित्राउने फोहर कम हुने र शहर सफा र सुन्दर राख्न सहयोग मिल्ने विभागले विश्वास लिएको जनाएको छ ।
विभागले यसअघि नै धादिङको विभिन्न स्थानमा वासिङ सेन्टरका लागि जग्गा खोजी भइरहेको जनाएको थियो ।
काठमाडौं उपत्यकाका सडक हिउँदमा धूलो र वर्षामा हिलोका कारण उपत्यकावासी हैरान हुने गरेका छन् । काठमाडौं महानगरपालिका, ललितपुर मानगरपालिका, सडक विभाग लगायतले सडकको धूलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) समेत सञ्चालन गर्दै आएका छन।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!