०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

आसन्न महाधिवेशनको तयारीमा व्यवसायी नेताहरु लुम्बिनी प्रदेशको राजधानी दाङमा

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

सागर थापा
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा उद्योगी व्यवसायी नेताहरुको जमघट सनीवार देउखुरीको टिकुलिगढमा भएको छ । चुनावी माहौलमा आएका वर्तमान वरीष्ठ उपाध्यक्ष चन्द्र ढकालको टिम पश्चिम नेपालको प्रचारप्रसारसंगै लुम्विनिको स्थाइ राजधानी देउखुरीमा आएका हुन् ।
कार्यावधि सकिएपनि कोरोना भाइरसको संक्रमणका कारण पटक पटक अधिवेशन सरीरहेको अवस्थामा आउंदो मंसीर १० गतेदेखि अधिवेशनको निश्चित भएपछि उद्योगी व्यवसायी नेताहरु चुनावी मैदानमा देशदौडाहामा छन् । त्यसै अनुरुप देउखुरीमा वरीष्ठ उपाध्यक्षकालागी प्रत्यासी उम्मेदवार चन्द्र ढकालले मुलुकको आर्थिक समृद्धिसंगै लुम्विनि प्रदेशको आर्थिक समृद्धि र आर्थिक समृद्धिकालागी आफुहरुले बृहत योजना ल्याउने बताएका छन् । देउखुरीमा गोरक्षसंग कुरागर्दै वरीष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले स्वर्गद्धारीमा केवलकारको योजनालाइ साकार बनाउन लगामीमैत्री वातावरण बनाउने आफ्नो जिम्मा भएको बताएका छन् । आफुहरुले लगानीमैत्री वातावरण खोजिरहेको अवस्थामा पछिल्लो समयमा कोरोना भाइ।रसको संक्रमणले केहि असहज परीस्थीति भएपनि समानुपातिक विकाशमा आफुहरु सधै लागीरहने उनको अभिव्यक्ति थियो ।
‘तपाइहरुको होनहार नेता विमलजि संगै छु, उहांहरुको सहकार्यमा हामीले यो क्षेत्रको विकाश निर्माण गर्ने हो, त्यसैले पनि हामी समस्त विकाशप्रेमी उद्योगी व्यवसायीहरु एउटै नारा लिएर चुनावी मैदानमा छौं’—ढकालले भने । दाङबाट विमल रिजाललाइ जिताएसंगै केन्द्रमा आफुले चुनाव जितेको अवस्थामा आर्थिक समृद्धिको नयां खाका लिएर मुलुकलाइ आर्थिक समृद्धिमा लैजाने आफुहरुको योजना भएको पनि बताए । यो अभियान अघिबढिसकेको भन्दै उनले अव अधिवेशन नसर्नेमा ढुक्क हुन पनि आम व्यवसायीहरुलाइ आग्रह गरे ।
चुनावी अभियानमा यस अघिका बरीष्ठ उपाध्यक्ष चण्डि ढकाल पनि चुनावी माहौलमा उत्तिएका छन् । उनीपनि यहि चुनावी अभियानमा थिए । चन्द्र ढकालको विजय आम व्यवसायीहरुको जिजय भएको भन्दै क्षेत्रगत रुपमा पनि विमल रिजालको केन्द्रिय सदस्यको उम्मेदवारी भएको अभिव्यक्ति उनको थियो । ताप्लेजुङदेखि दार्चुला सम्मका आम उद्योगी व्यवसायीहरुको चुनावी अभियानमा दुइदर्जन भन्दा बढि केन्द्रिय सदस्यका उम्मेदवारहरुको दाङमा उपस्थीति रहेको थियो ।
व्यवसायीक समृद्धिकालागी मेरो उम्मेदवारीः केन्द्रिय सदस्य प्रत्यासी रिजाल
सोहि कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्यसंघका प्रत्यासी विमल रिजालले सवै क्षेत्रका व्यवसायीहरुको आर्थिक समृद्धिकालागी आफ्नो उम्मेदवारी भएको बताएका छन् । टिकटिगढमा पत्रकारहरुसंग संक्षिप्त कुरागदै रिजालले महांसंघको इज्यत बढाउन र साना तथा मझ्यौला व्यवसायीहरुको बृत्तिविकाशकालागी पनि आफुले पहल गर्नेगरी महासंघमा नेतृत्व गर्न चाहेको बताएका छन् । ‘हामी उद्योगी व्यवसायीहरुबीच धेरै समस्याहरु छन्, भिसिटिएरको कुरा होस वा स्थानिय कर र द्धेधकरका विषयमा हामीहरुले पर्दाफास गर्ने छौं’—रिजालले भने ।
चुनावी माहोलमा सवैको एकतावद्ध औद्योगिक समृद्धि रहेको थियो । पश्चिम नेपालबाट चुनावी अभियानमा जुटेका व्यवसायीक नेताहरुले देउखुरीलाइ लुम्विनि प्रदेशको उचित राजधानी घोषणा भएको भन्दै यसलाइ उद्योग वाणिज्य महासंघले समन्वय गरी व्यापारीक केन्द्र बनाउने समेत अभिव्यक्ति दिएका थिए । सो अवसरमा पुर्व केन्दिय सदस्य ध्रुव भारी श्रेष्ठ, दाङ उद्योग वाणिज्यसंघका नारायण भुषाल, तुलसीपुर उद्योग वाणिज्यसंघका उपाध्यक्ष राम प्रसाद चालिसे, लमही उद्योग वाणिज्यसंघका रत्न प्रसाद श्रेष्ठ लगायतका स्थानिय उद्योगी व्यवसायी नेताहरुको पनि सहभागिता रहेको थियो ।
पांच नंवर प्रदेशको स्थाइ मुकाम दाङ घोषणाभएसंगै नेपालभरका उद्योगी व्यवसायी नेताहरु चुनावी मैदानमा देखउरीमा जुटेका थिए । सो अवसरमा केन्द्रिय सदस्यका प्रत्यासी उमेश दालमिया, खोटाङका राजु दयालु, गोदनाथ दवाडी, तारानाथ घिमिरे, जमसेर अलिमिया, मोहन श्रेष्ठ, कृष्ण अवाल, कृष्ण श्रेष्ठ, पंक दुलाल, अजरमान जोसी, राजन श्रेष्ठ, राजकुमार न्यौपाने, अशोक ताम्राकार श्रीकृष्ण बैदी लगायतका उद्योगी व्यवसायी नेताहरु चुनावी माहौलमा देउखुरी आएका थिए ।
व्यवसायीक समृद्धिको अभियानको जितः पुर्व केन्द्रीय सदस्य भारी
यसैबीच पुर्व केन्द्रिय सदस्य धुवराज श्रेष्ठ भारीले व्यवसायी समृद्धिका एजेण्डा लिएर चुनावमा आउने नेतृत्वको जित सुनिश्चि भएको बताएका छन् । आफु अहिले चुनावी माहौलमा नआएपछि चन्द्र ढकालको टिमलाइ सहयोगगर्ने प्रतिवद्धता जनाएका छन् । ‘हामी चाहनछौं समृद्ध उद्योग, समृद्ध अर्थतन्त्र, त्यसकालागी पनि हामीहरुले कर्मठ व्यवसायी नेताहरुलाइ जिताउन अभियान थालेका छौं’—पुर्व केन्द्रिय सदस्य भारीले भने । त्यसैगरी दाङ उद्योग वाणिज्यसंघले पनि चन्द्र ढकालको टिमलाइ विजयी बनाउन आफुहरुको पहल भएको जनाएको छ । व्यवसायीका पिडा बुझ्ने र व्यवसायीहरुका हरेक समस्यालाइ अंगिकार गर्ने ढकालको नेतृत्वको टिमलाइ विजयी बनाउन पनि दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले सोहि कार्यक्रममा आह्वान गरेका छन् ।
पश्चिम धनगढिदेखि चुनावी माहौलमा रहेको सो टोलिले सनीवारनै बुटवल उद्योग वाणिज्यसंघमा पनि सामान्य भेटघाट गरेको छ । लुम्विनि प्रदेश लगानीभैत्री क्षेत्र भएको भन्दै मुलुककै लगानीमैत्री प्रदेश लुम्विनि बन्नेमा पनि व्यवसायीक नेताहरुले आश्वासन दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!