११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

मंसिर १ गतेदेखि सबै धार्मिक स्थल खोल्ने सरकारको तयारी

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

(ABC Sanchar)
काठमाडौं सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।
‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘१ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाएर लैजान प्रस्ताव तयार पारिएको छ ।’
पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।
धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका थिए । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।
स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भिœयाउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछ ।
यता पशुपति क्षेत्रले मात्रै दैनिक लाखौँ आम्दानी गुमाएको भन्दै मापदण्ड अपनाएर दसैँ अगाडिदेखि नै खोल्न पहल गरेको थियो । नेपालमा पशुपति, मनकामनासहित मुक्तिनाथमा आन्तरिक र बाह्य दुवै पर्यटकहरूको घुइँचो लाग्ने गरेको थियो । धार्मिक क्षेत्र र सीमानाका बन्द हुँदा मानसरोवरमा भारतीय तिर्थालुसमेत जान रोकिएका छन् । नेपालबाट १ लाख ५० हजारभन्दा बढी भारतीयहरू मानसरोवर जाने गरेका थिए ।
कोभिड–१९ को संक्रमणका बीच पछिल्लो महिनामा दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । जुन क्रम बढ्दै गएकाले धार्मिक गतिविधि बढाउनेबित्तिकै देशैभरि चहलपहल र आर्थिक गतिविधि बढ्ने बुझाइ सरकारको छ । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणमा आउन खुला गरेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को अक्टोबर महिनामा मात्रै १ हजार ८ सय ७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हाल पर्वतारोहण र पदयात्रा मात्रै खुला गरेको सरकारले १ मंसिरदेखि जुनसुकै देशका पर्यटकलाई नेपाल खुला गर्ने र सबै गतिविधि र गन्तव्य खुलाउने तयारी गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!