२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बल जमुनहा बिओपीले १ लाख १७ हजारको अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट अवैध सामाग्री समानहरु पक्राउ गरेको छ। जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवन लाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंक पसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री पक्राउ गरेको हो। बाँके सशस्त्र प्रहरीले पक्राउ गरिएको अवैध सामाग्रीमा कसमेटिक्स सामाग्री,मिक्सर, सुर्तीजन्य सामाग्री,पान लगायत हाडवेयरका सामाग्री रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। पक्राउ गरिएका १ लाख १७ हजार बराबर रुपैयाँ रहेको अवैध सामाग्रीलाई थप आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष शर्माले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]