११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बाँके सशस्त्र प्रहरीले पक्राउ गर्यो सिमाबाट लाखौंको अवैध सामाग्री पक्राउ

Logo
प्रकाशित सोमबार, कार्तिक २४, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीले बाँकेका सिमा नाकाबाट दिनहुँ भारतबाट भित्रीदै गरेका अवैध सामाग्री बरामद गर्दै आएको छ। यसैक्रममा सशस्त्र प्रहरीले सोमबार पनि भारतबाट ल्याउदै गरिएका अवैध सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको कमान्डमा गएको टोलीले सोमबार बिहान ३ बजे नेपालगन्ज वडा नम्बर १५ पिपरा गाउँको सिमानाकाको बाटो भएर ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको हो। सहायक निरीक्षक थारुको कमान्डले ९३ हजार ६ सय रुपैयाँ बराबरको ३१२ थान वेल्ट, ६५ हजार १ सय रुपैयाँ मुल्य बराबरको ९३ पिस ठुलो साईजको जुत्ता र २९ हजार रुपैयाँ बराबरको ११६ पिस सानो साईजको जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सिमामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री छोडेर तस्करहरु भारततर्फै भागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएका १ लाख ८७ हजार ७ सय रुपैयाँ मुल्यका अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

error: Content is protected !!