सागर थापा
दाङ कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गरेकाे छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने ४७ बर्षीय लिलाधर भण्डारीलाई १६ बर्षपछि आईतबार विहान साढे १० बजे पक्राउ गरिएकाे हाे । फरार रहेका भण्डरीलाई घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । सर्वेच्च अदालतले २०६१ चैत २९ गते कर्तव्य ज्यान मुद्दामा फैसला गरि ५ बर्ष कैद सजाय तोकेकाे थियाे । पक्राउ परेकालाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको डिएसपी खड्काले बताए।