२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मान्छेको ज्यान लिने चितुवालाई स्थानीयहरुले मारे

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC Sanchar)
बैतडी शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो।
घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको चितुवाले ज्यान लिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।
आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो। घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको छ।
घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
यहाँको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ को ज्यान गइसकेको छ।
चितुवाले केही दिन शिवनाथसँग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छेको ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुनसक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए।
यसैबीच, नरभक्षी चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको छन।
चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको स्थानीयले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]