३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

बर्दिया प्रहरीले जनप्रतिनिधिसहित दर्जनौ जुवाडेहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

महेन्द्र सिंह
बर्दियाको भुरीगाउँबाट प्रहरीले जुवाखालबाट १ दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को निरक खड्काको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वडा नम्बर १ का मित्रलाल भण्डारी, ठाकुरबाबा नगरपालिका २ का बेत प्रसाद भण्डारी ,सोही वडाकै क्रमशः खडक पुन,तिर्थ राज खड्का,मनोज महतरा खिमन बुढा,हरि थापा,निरक खड्का, पदमसिंह बिक र कमल रिजाल रहेका छन्। त्यस्तै पक्राउ पर्ने जुवाडेमा जनप्रतिनिधि अमर थापा, ठाकुरबाबा वडा नम्बर ४ का अगानु थारु र सोही वडाकै गोबिन्द थारु रहेका छन् । जुवाडेहरुलाई पक्राउ गरिएपनि जुवाखालबाट पैसा नभेटिएको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!