२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बर्दिया प्रहरीले जनप्रतिनिधिसहित दर्जनौ जुवाडेहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

महेन्द्र सिंह
बर्दियाको भुरीगाउँबाट प्रहरीले जुवाखालबाट १ दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को निरक खड्काको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वडा नम्बर १ का मित्रलाल भण्डारी, ठाकुरबाबा नगरपालिका २ का बेत प्रसाद भण्डारी ,सोही वडाकै क्रमशः खडक पुन,तिर्थ राज खड्का,मनोज महतरा खिमन बुढा,हरि थापा,निरक खड्का, पदमसिंह बिक र कमल रिजाल रहेका छन्। त्यस्तै पक्राउ पर्ने जुवाडेमा जनप्रतिनिधि अमर थापा, ठाकुरबाबा वडा नम्बर ४ का अगानु थारु र सोही वडाकै गोबिन्द थारु रहेका छन् । जुवाडेहरुलाई पक्राउ गरिएपनि जुवाखालबाट पैसा नभेटिएको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।