०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

नागढुंगा प्रहरीले विभिन्न कम्पनीका ५६ थान मोबाइल पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

(ABC क्राईमबिट)
काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको छ । आइतबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी बरामद गरेको हो । बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!