०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

गृहमन्त्रालयले देउसी भैलोबाट हुने सङक्रमण र पटका नियन्त्रण गर्न निर्देशन

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

(ABC क्राईमबिट) काठमाडौं उपत्यकाका तीन ओटा जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको भर्चुअल बैठकले तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वहरुमा हुनसक्ने सुरक्षा सावधानी तथा स्वास्थ्य सावधानी बारे निर्णय गर्ने भएको छ । बुधबार बस्ने बैठकबाट चाडपर्वहरुमा भिडभाड कम गर्न र स्वास्थ्य सुरक्षा कसरी अपनाउने भनेर निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । ‘हामीले सुरक्षा योजना, कोभिडको सर्तकर्तासँगै चाडपर्वमा लक्षित योजना बनाउने बिषयमा भर्चुअल बैठकबाट निर्णय गर्नेछांै’ उहाँले भन्नुभयो । ‘हामी बैठक लगत्तै बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नेछांै’ उहाँले थप्नुभयो । बैठकमा सबै निकायबाट प्रतिनिधित्व हुने भएकाले सबैको राय सुझावको आधारमा निर्णय हुने उहाँले बताउनुभयो गृह मन्त्रालयले देशका सबै जिल्लाहरुमा र कोभिडको अत्याधिक संक्रमण देखिएको काठमाडौं उपत्यकाका तीनओटा जिल्लाका जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा स्वास्थ्यकर्मीलाई चाडपर्वमा सुरक्षा सर्तकर्ता अपनाउन निर्देशन दिइसकेको छ । चाडपर्व पनि मनाउने र कोभिडको जोखिम समेत बढ्न नदिन काम थाल्न गृह मन्त्रालयले निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ठूला पर्वहरु हाम्रो आँगनमा आएको र कोभिडको समेत अत्याधिक जोखिम बढेकाले त्यसबाट कसरी बच्ने र आम नागरिकहरुलाई जोगाउन सकिन्छ भनेर सुरक्षा योजना बनाउन प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी तथा सुरक्षा निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले तिहारमा एकातिर कोभिडको जोखिम र अर्कोतिर जुवातास, पटका र भुइचम्पाले असर पार्ने भएकाले त्यस्तो कार्य रोक्न निर्देशन भैसकेको बताउनुभयो । उहाँका अनुसार धेरै जिल्लाहरुले सुरक्षा योजना बनाएर काम सुरु गरेको बताउनुभयो । कोभिडको अत्याधिक जोखिम भएकाले देउसी र भैलो पाउने नपाउने नियमको कार्यान्वयन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने उहाँले स्पष्ट पार्नुभयो । पटका पड्काउने, भुइचम्पा बाल्ने , जुवातास खेल्न कार्य गरेको पाइएमा तत्कालै कारवाही गरिने प्रवक्ता बुढाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!