२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बालबालिकाको अधिकार रक्षा सबैको दायित्व हुनुपर्नेमा जोड

Logo
प्रकाशित बिहिबार, कार्तिक २७, २०७७

(तेज वली)
तुल्सीपुर बालबालिकाको अधिकार रक्षाका लागि सामाजिक रुपमा सबैले विशेष भुमिका खेल्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । बालबालिकाको अधिकार रक्षासँगै उनीहरुलाई सही ढँगले मार्ग निर्देश गर्नुपर्ने आवश्यकता रहेको पनि उनीहरुको भनाई थियो ।
तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव वहादुर सिंहले आपराधिक कार्यमा बालबालिकाहरुको प्रयोग हुने गरेको वताउँदै उनीहरुलाई मानसिक ढँगले समेत उपचार गर्नुपर्ने आवश्यकता रहेको वताए । ‘आज पनि लहलहैमा केयौ बालबालिकाहरु अपराधमा लागिरहेका छन् , यसमा पनि हामी गम्भिर भएर लाग्नुपर्दछ’ उनले भने । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख जनक भण्डारीले बालविवाह र बालश्रम जस्ता समस्या अझै समाजमा व्याप्त रहेको कुरा वताए । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले भोलिको समाजलाई राम्रो वनाउनका लागि आज बालबालिकाहरुलाई उपयुक्त वातावरण दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बालबालिकाको स्वास्थ्य समस्याका बारेमा गम्भिर हुनुपर्ने वताए । सानोमा राम्रोसँग स्याहार नगर्दा भविष्यमा ठूला खालका समस्या देखिने गरेको उनको भनाई थियो ।
स्थानीय बाल अधिकार समितिका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै उनले बालअधिकारको कुरा स्थानीय सरकारको विशेष सरोकार भएको भन्दै सबै मिलेर काम गरेका ठोस निष्कर्श आउने कुरामा जोड दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघकी नानीमैया वली, न्यायिक समिति सदस्य यमुना परियार, शिक्षा महाशाखा अधिकृत चक्र भण्डारी ,शाखा अधिकृत माया श्रेष्ठ लगायतले सुझाव राखेका थिए । कार्यक्रममा शाखा प्रमुख विष्णु आचार्यले समिति गठनको अवधारणाका बारेमा सुझाव दिएक िथिइन् ।
स्थानीय बाल अधिकार समिति गठन
तुलसीपुर उपमहानगरपालिकाको ९५ औ कार्यपालिकाको बैठकले वडाध्यक्ष नवराज लामिछानेलाई स्थानीय बाल अधिकार समितिको अध्यक्ष चयन गरेको थियो । यसैगरी स्थानीय सरोकारवाला सबै संस्थालाई समेटेर समितिलाई पूर्णता दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी […]

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका […]

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले […]

error: Content is protected !!